१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ फाल्गुण २५ बिहीबार १२:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अन्नपूर्ण केबलकारका यात्रुलाई छुट

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २५ बिहीबार १२:०२:००

पोखराको अन्नपूर्ण केबलकारले होलीको अवसर पारेर वरिपरिको दृश्यावलोकन सहज बनाउँदै केबलकारमा छुटको घोषणा गरेको छ । कम्पनीले यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याएको हो । 

पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको कम्पनीले जनाएको छ । यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केबलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले बताए । कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा चार सय मात्रै तिरे पुग्ने जनाइएको छ । 

यसअघि सो समयमा सात सय रुपैयाँ भाडा रहेको थियो । त्यसमा भारी छुट प्रदान गर्दै पर्यटकलाई सहजता प्रदान गर्न लागिएको कम्पनीको भनाइ छ । त्यसमा पनि अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा तीन सय ५० रुपैयाँ मात्रै कायम गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी चार सय र एकतर्फी यात्राका लागि दुई सय रुपैयाँ शुल्क तय गरिएको जनाइएको छ । 

साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको र त्यसपछि बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडादर तय गरिएको छ । जसमा यो समयमा यात्रा गर्ने अपांगता, बालबालिका र विद्यार्थीबाहेकलाई दुईतर्फी भाडा सात सय मात्रै कायम गरिएको कम्पनीले जनाएको छ ।