मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १६ शनिबार
  • Saturday, 02 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार ११:४१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोकाकोलाले सक्षम २.० कार्यक्रम गर्ने

हजार महिलालाई व्यावसायिक डिजिटल सीप र चेतना प्रदान गर्ने लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार ११:४१:००

महिला सशक्तीकरण र लैंगिक समानताका लागि कोकाकोलाले सक्षम २.० कार्यक्रम सञ्चालन गर्ने भएको छ । अघिल्लो वर्षको सक्षम कार्यक्रम सफल भएको निष्कर्षसहित कम्पनीले सक्षम २.० कार्यक्रम सञ्चालन गर्ने भएको हो । 

किराना पसल तथा खाजा घर सञ्चालन गर्दै आइरहेका एक हजार महिला व्यवसायीलाई एकदिने तालिममार्फत व्यवसाय सञ्चालन एवं अन्य आवश्यक सीप सिकाई सुदृढ एवं सशक्त गर्ने उद्देश्यले सक्षम २.० को सुरुवात गरिएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष पनि कम्पनीले काठमाडौं तथा मोफसलका एक हजार महिलालाई सक्षम कार्यक्रममार्फत विभिन्न तालिम दिएको जनाइएको छ । 

व्यवसाय सञ्चालनसम्बन्धी सीप तथा चेतनामूलक सन्देश दिनका लागि सञ्चालन गर्न लागिएको सक्षम २.० ले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको थिम ‘डिजिटल इनोभेसन एन्ड टेक्नोलोजी फर जेन्डर इक्विलिटी’लाई सहयोग गर्ने कम्पनीको दाबी छ । । महिला व्यवसायीहरूको वित्तीय साक्षरता, आतिथ्यता, सरसफाइ व्यवस्थापन र डिजिटल वालेटको प्रयोगसम्बन्धी क्षमता निर्माण गर्न सक्षम २.० को डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

सक्षम २.० ले स्टार्टअप र सम्भावित स्टार्टअपलाई व्यवसायको प्रकृतिअनुसारको मेन्टर्सिप कार्यक्रम पनि प्रदान गर्ने जनाइएको छ । महिला व्यवसायीहरूलाई आफ्नो व्यावसायिक योजना अथवा व्यवसायलाई अगाडि बढाउन आवश्यक जानकारी र सीप प्रदान गरी उनीहरूको व्यावसायिक क्षमता निर्माण गर्न यो कार्यक्रम केन्द्रित हुने जनाइएको छ । 

बोतलर्स नेपालका प्रबन्ध निर्देशक दीपकनाथ सेन्थिलले सानापसल र साना खाजा घर सञ्चालन गर्दै आइरहेका एक हजार महिला व्यवसायीलाई सक्षम २.० को प्रशिक्षणले अझै सुदृढ र सक्षम बनाउने विश्वास गरेको बताए । त्यस्तै, कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले कोकाकोला कम्पनीले समाजको समग्र विकासका लागि महिला सशक्तीकरण र लैंगिक समानता महत्वपूर्ण हुने निष्कर्षसहित यसअघि सञ्चालन गरिएको फाइभबाई ट्वन्टी, स्टार र गत वर्षको सक्षमले सहभागीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताए ।

भर्खरै आफ्नो व्यवसाय सुरु गरेका अथवा व्यवसाय सञ्चालन गरेको एक वर्ष पनि नभएका व्यवसायीहरूले पनि यस मेन्टर्सिप कार्यक्रममा आवेदन दिन सक्ने जनाइएको छ ।