१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
कमल खत्री म्याग्दी
Invalid date format १७:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुस्ताङमा वर्षको पहिलो हिमपात

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १७:३o:oo

मुस्ताङमा यो वर्षको पहिलो हिमपात भएको छ। गएरातिदेखि सुरु भएको सामान्य वर्षापछि बढेको चिसोको कारण हिमपात सुरु भएको हो।

वर्षको मुख्य हिमपात हुने समय पुस र माघ हिउँ नै नपरी बिते पनि फागुनको अन्तिम सातामा भए पनि हिमपात भएपछि स्थानीय खुसी भएका छन्।

हिमपातपछि स्थानीयवासी मात्र नभई पर्यटक पनि हिउँसँगै रमाउन थालेका मुक्तिनाथस्थित होटेल अन्नपूर्ण इन मुक्तिनाथका सञ्चालक अमृत सुवेदीले बताए। उनका अनुसार भ्रमणमा आएका पर्यटकहरू हिउँ खेलेर आनन्द लिइरहेका छन्।

जिल्लाको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङका सबै स्थानमा हिमपात भइरहेको छ। तल्लो भेगमा सामान्य र उपल्लो मुस्ताङमा भारी हिमपात भएको छ। हिउँदयाम सकिएर गर्मीयाम सुरु हुने समयमा मुस्ताङमा हिमपात भएको हो। गर्मीयाम सुरु भएकाले तल्लो क्षेत्रमा भएको हिमपात जमिनमा जम्न सकेको छैन। हिमपातले डाँडा र खर्कहरू भने सेताम्मे बनेका छन्। 

हिउँदयाममा वर्षा र हिमपात नहुँदा जमिन सुक्खा भएर खेती फस्टाउन नसकेको अवस्थामा हिमपात भएकाले सिँचाइको लागि राहत भएको कृषकहरूको भनाइ छ। हिमपातले मुस्ताङका किसानलाई आंशिक राहत दिएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिए।