
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । प्रचण्डको अभिव्यक्तिलाई आधार मानेर अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दर्ता गराएका हुन् ।
०७६ माघ १ गते आयोजित कार्यक्रममा प्रचण्डले तत्कालीन राज्यपक्षले द्वन्द्वकालीन घटनाको जिम्मा लिए आफूले पाँच हजारको नैतिक जिम्मेवारी लिन तयार रहेकाे बताएका थिए । रिटमा फागुन २५ गते बिहीबारलाई पेसी तोकिएको छ ।
यसअघि सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिलाई आधार मानेर दिएको निवेदन दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न दिएको आदेशअनुसार आरणले आज रिट दर्ता गराएका हुन् ।