मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २३ मंगलबार १३:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीविरुद्धको रिट दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २३ मंगलबार १३:३१:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । प्रचण्डको अभिव्यक्तिलाई आधार मानेर अधिवक्ता ज्ञानेन्द्रराज आरणले रिट दर्ता गराएका हुन् ।

०७६ माघ १ गते आयोजित कार्यक्रममा प्रचण्डले तत्कालीन राज्यपक्षले द्वन्द्वकालीन घटनाको जिम्मा लिए आफूले पाँच हजारको नैतिक जिम्मेवारी लिन तयार रहेकाे बताएका थिए । रिटमा फागुन २५ गते बिहीबारलाई पेसी तोकिएको छ ।

यसअघि सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिलाई आधार मानेर दिएको निवेदन दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न दिएको आदेशअनुसार आरणले आज रिट दर्ता गराएका हुन् ।