मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २२ सोमबार ११:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एससिटी र माछापुच्छ्रे बैंकबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २२ सोमबार ११:४८:००

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र  माछापुच्छ्रे बैंकबीच बैंकद्वारा सञ्चालित रेमिट्याप वालेटमा स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौतामा एससिटीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजू र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका हुन् । 

एससिटी र रेमिट्याप वालेटबीच भएको यो सहकार्यले देशको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्ने कम्पनीले अपेक्षा व्यक्त गरेको छ । सम्झौताअनुसार रेमिट्याप प्रयोगकर्ताले रेमिट्यापमार्फत स्मार्ट क्युआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्ने जनाइएको छ ।

इएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्विचमार्फत  कारोबारको भुक्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्युआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीको दाबी छ ।