१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १७:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे ११ करोड लागतमा चन्द्रनगरको प्रशासकीय भवन बन्दै

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले पुरानै मोडलमा अत्याधुनिक प्रशासकीय भवन निर्माण गर्ने भएको छ । शुक्रबार वडा नं ६ स्थित नाढिमैन ताल परिसरमा प्रशासकीय भवनको गाउँपालिका अध्यक्ष राजकुमार महतोले शिलान्यास गरेका छन् ।

पालिकाको प्रशासकीय भवन निर्माणले अतिक्रमणमा परेको ऐतिहासिक नाढिमैन तालको विकासमा समेत टेवा पुग्ने अध्यक्ष महतोको विश्वास छ । केही वर्ष पहिले ५३ विघा क्षेत्रफलमा फैलिएको उक्त ताल अहिले ३३ विघामा खुम्चिएको छ ।

भवन शिलान्यास गर्दै अध्यक्ष महतोले चुनावको समयमा आफूले गरेको प्रतिबद्धता पूरा हुने चरणमा रहेको बताए । सयौं वर्ष पुरानो इतिहास बोकेको यस ताल क्षेत्रलाई पर्यटकीय हिसावले विकास गर्न सबैले साथ दिनुपर्ने उनको भनाई थियो । कार्यक्रमको पहिलो चरणमा अतिक्रमित क्षेत्र खाली गरिने पालिकाले जनाएको छ ।

यस पलिकाको प्रशासनिक कार्य हालसम्म साविकको गाविस भवन, भाडाको टहरा र धर्मशालाबाट संचालन हुँदै आएको छ । निर्माण सम्पन्न भएपछि गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले बताए। कुल ११ करोड ५० लाख लागत अनुमान गरिएको भवन निर्माण सुरु गर्न गाउँ सभाले एक करोड बजेट विनियोजन गरेको छ ।

भवन निर्माणका लागि स्थानीय विकास पूर्वाधार विभाग, काठमाडौंमा पहल गरी ११ करोड ५० लाखको प्रस्ताव पेश गरेको पालिकाका अध्यक्ष महतोले बताए । पूर्वाधार कार्यालयले लागतको ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लगानी गर्ने सहमती भएको उनले जानकारी दिए ।