
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरीको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने भएको छ । बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा बैंक र ल्याबोेरेटरीबीच समझदारी भएको हो ।
समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहकले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १० प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
बैंकले हाल देशभरमा एक सय ८२ शाखा, एक सय ३४ एटिएम र ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।