मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण १९ शुक्रबार ०८:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु स्मार्ट फन्डको बिक्री खुला

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण १९ शुक्रबार ०८:११:००

 प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत दोस्रो योजना प्रभु स्मार्ट फन्डको निष्कासन तथा बिक्री बिहीबारदेखि खुलेको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फन्डले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा ८० करोडबराबरको आठ करोड इकाइ जारी गर्न लागेको हो ।

योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमुखी योजना हो । यस योजनाले इकाइ बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म सेयरमा लगानी गर्नेछ अर्थात् यो एक इक्विटी ओरिएन्टेड योजना हो ।

निष्कासित कुल आठ करोड इकाइमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले एक करोड १२ लाख इकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले आठ लाख इकाइ गरी कुल एक करोड २० लाख इकाइ सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाइका लागि सर्वसाधारणले बिहीबारदेखि आवेदन दिन थालिसकेका छन् । फन्डको इकाइमा इच्छुक लगानीकर्ताले छिटोमा २३ फागुनसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा ३ चैतसम्म इकाइ बिक्री खुला रहने क्यापिटलले बताएको छ ।