१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
टेकराज थामी काठमाडौं
Invalid date format १९:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिरासतमा रहेका उपरथी शाहीलाई सेवाबाट बर्खास्त गर्न सैनिक अदालतको फैसला

महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिनालाई सैनिक ऐनअनुसार कारबाही गर्न आदेश 

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o१:oo

दुई महिनादेखि सैनिक हिरासतमा रहेका सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट हटाउने फैसला भएको छ। सेनाबाट गठित सैनिक अदालतले उपरथी  शाहीलाई आर्थिक अनियमिततामा दोषी ठहर गर्दै सेवाबाट हटाउने फैसला गरेको हो।

उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा सेनाले सैनिक अदालत गठन गरेको थियो। त्यस्तै, हिरासतमा रहेका सेनाका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सिनालाई सैनिक ऐन उल्लंघन गरेको कसुरमा सामान्य कारबाही गरेको छ। हिरासतमा रहेका तीनैजना बिहीबार नै हिरासतमुक्त भएका छन्।

सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डरीले उपरथी शाहीलाई सेवाबाट अवकाश गर्ने तथा शाह र तिमल्सिनालाई सैनिक ऐनअनुसार कारबाही गर्ने अदालतबाट फैसला भएको बताए।

उनले भने, ‘आर्थिक अनियमितता कसुर टुंगो लगाउन सैनिक अदालत गठन भएको थियो। अदालतले बिहीबार नै प्रेम शाहीलाई सेवाबाट हटाउने फैसला गरेको छ। उहाँको कसुर पुष्टि भएको छ। त्यस्तै,  शाह र तिमल्सिनालाई सैनिक ऐनअनुसार कारबाही गर्ने भनिएको छ। तर, उहाँहरूलाई सेवाबाट बर्खास्त गर्ने भनिएको छैन। कारबाही सामान्य प्रकृतिकै भएको मैले बुझेको छु।’