
नेकपा माओवादी केन्द्रले पञ्चा सिंह नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आफ्नो आधिकारिक भ्रातृ संगठन भएको बताएको छ ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले त्रिभुवन विश्वविद्यालयसहित सबै विश्वविद्यालयलाई पत्र पठाउँदै सिंह नेतृत्वको संगठन आधिकारिक भएको प्रस्ट पारेका हुन् ।
आफ्नो विद्यार्थी संगठनको जस्तो नाम भएका अरू संगठन र समानान्तर कमिटी भनेर भ्रम सिर्जना भएको भन्दै माओवादीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि पत्र पठाएको हो ।