मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १२:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेद्वारा प्रदेश १ को नाम कोसी राख्ने प्रस्ताव दर्ता 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्ने प्रस्ताव दर्ता गरेको छ। 

कोसी प्रदेश हुनु पर्ने प्रस्तावको प्रस्तावकमा एमाले  सांसद रामबहादुर राई तथा समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी र एमालेका निरन राई छन्। 

बुधबार दिउँसो प्रदेश सरकारले बैठकमा आजै नामाकरण टुंग्याउने गरी प्रस्ताव दर्ता गर्दै छ। प्रस्ताव टेबुलपछि नामकरणबारे बोल्न चाहने दलका नेता र सांसदलाई समय दिइनेछ। 

त्यसपछि संशोधनका लागि दुई घन्टा संसद्को बैठक स्थगित गरेर पुनः बैठक गरेर टेबल भएको नाम टुंगो लगाइनेछ।

एकीकृत, जसपालगायतका साना दलले पहिचानका आधारमा नामकरण हुनुपर्ने भन्दै असहमति जनाए पनि प्रमुख तीन दलका नेता कोसी नामकरणमा सहमतिनजिक पुगेका छन्। यो सहमतिसँगै प्रदेशको नाम काेसीलाई सामान्य बहुमतले पारित गर्ने सम्भावना बढेको छ। 

पहिलो कार्यकालमा आफ्नै स्वार्थको द्वन्द्वले गर्दा थाँती रहेको प्रदेशको नामकरणमा गोप्य छलफल गरेर प्रदेश सभामा दर्ता गराउने र  आजै सर्वसम्मतले पारित गराउन दलहरू सहमत भएका थिए। 

प्रदेशको नामकरण सहमतिमा टुंगो लगाउन मंगलबार दिनभर सरकार, संसदीय दल र पार्टीका केन्द्रीय नेताहरूको सर्वदलीय छलफल भएको थियो।