१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १६ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १६ मंगलबार १७:२७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

सुरक्षा स्टारर ‘बहाव’को ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १६ मंगलबार १७:२७:oo

अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टार फिल्म ‘बहाव’को ट्रेलर सार्वजनिक गरिएको छ। स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्म आगामी चैत २४ गते देशभर रिलिज हुँदै छ।

प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको ट्रेलरमा सुरक्षालाई प्रेमी, विद्रोही र पागलपन भावमा देखाइएको छ। सुरक्षालाई विदेश जानुभन्दा पनि क्रान्ति गर्ने सोच भएको पात्रको रूपमा देखाइएको छ।

राजधानीमा सोमबार आयोजित कार्यक्रममा अभिनेत्री सुरक्षाले ‘बहाव’मा जोडिनु आफ्नो लागि सुखद् क्षण भएको बताइन्। ‘कुनै फिल्म आउँछन्, जान्छन्। तर, यो फिल्मका लागि मेरो बुझाइ फरक छ। किनकि यस्तो फिल्म दर्शकमाझ आउनुपर्छ,’ सुरक्षाले भनिन्।

फिल्ममा सुरक्षा र कमलसँगै अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठलगायतको अभिनय छ।

सुजन बडालको सम्पादन तथा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउन्ड डिजाइन र मिक्सिङ एवं कार्तिकेय स्मिता कर्नाटकको छायांकन छ।