
पूर्वी नवलपरासीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।नवलपुर प्रहरीका अनुसार गएराति नवलपुरको विनयी त्रिवेणी गाउँपालिका- ४ काभ्रेली चोकस्थित भित्री सडकखण्ड (देउराली-सर्दी)मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु.४त ३०४६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने दुईजना घाइते भएका छन् ।
दुर्घटनामा परी घाइते भएका विनयी त्रिवेणी ४ निवासी १२–१३ वर्षीय बालक बबिन क्षेत्रीको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती डण्डामा निधन भएको हो । यसैगरी ट्याक्टरचालक लक्ष्मण क्षेत्री र २८ वर्षीया महिला डुग्गी कुँवर क्षेत्री घाइते भएका छन् ।
उनीहरूको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । ट्याक्टर घरमा ठाेक्किन पुग्दा स्थानीय गणेशप्रसाद बस्यालको घरमा समेत क्षति पुग्न गएको प्रहरीले जनाएको छ ।