Skip This
सिटिजन्स बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा छुट
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५१:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुडगाउँमा रहेको मेदान्त द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई छुट दिनेसम्बन्धी समझदारी नवीकरण भएको छ । बैंकका कार्डवाहकले अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

 समझदारी भारतको हरियाणामा रहेको अस्पतालमै भएको र त्यसमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेको जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका उल्लेखनीय ग्राहक वर्गले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको बैंकको भनाइ छ ।

आगामी दिनहरूमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने आफ्ना ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने बैंकले विश्वास व्यक्त गरेको छ । यस प्रकारको सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले तीन वर्षअघिदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आएको जनाइएको छ । बैंकले हाल देशभरमा एक सय ८२ शाखा, एक सय ३४ एटिएम र ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको जनाएको छ ।