१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा तीन फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

उदयपुरमा फरार रहेका तीन प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना  भएका फरार प्रतिवादीहरू पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मोहन थापाका अनुसार २६ असार ०५९ मा भएको जिल्ला अदालत उदयपुरको फैसलाले ज्यान मार्ने उद्योगमा दुई वर्ष कैद भएका सिन्धुली दुधौली नगरपालिका– १४ कालीखोला घर भई हाल कटारी नगरपालिका– २ खोक्सा बस्ने वर्ष ४० का रिदीकुमार गौतम पक्राउ परेका छन्।

यसैगरी, ०६२ फागुन ८ गतेको जिल्ला अदालत उदयपुरको फैसलाले जबर्जस्ती करणी  मुद्दामा ६ वर्ष कैद तोकिएका कटारी नगरपालिका १ कालिखोला घर  भई हाल सिराहा मिर्चैया नगरपालिका– ७ बस्ने वर्ष ५० का स्वस्तिहरि बराल पक्राउ परेका हुन्।

त्यसैगरी, २०७४ फागुन २८ गतेको जिल्ला अदालत उदयपुरको फैसलाले लागुऔषध मुद्दामा १० महिना १५ दिन कैद र १० हजार तोकिएका कटारी नगरपालिका ८ का वर्ष ६९ का दुर्गाबहादुर तामाङ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। फरार प्रतिवादीहरू पक्राउ अभियानअन्तर्गत गएको फागुन ९ गतेदेखि १४ गतेसम्म ७ जना फरार प्रतिवादी पक्राउ परेका थापाको भनाइ छ।