Skip This
ठूलो कचौरामा दूधभात पाएपछि बिरालो छिमेकी कहाँ गयो : ओली
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Monday, 10 August, 2026
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १४ आइतबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठूलो कचौरामा दूधभात पाएपछि बिरालो छिमेकी कहाँ गयो : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार १७:१७:oo

एमाले अध्यक्ष केपी ओलीले ठूलो कचौरामा दूधभात पाएपछि बिरालो छिमेकीको घर गएजस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेससँग गएका बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरि राख्ने गरेकाले जे गर्न पनि तयार भएका आरोप लगाए। तर, एमालेले ८० सिट ल्याउँदा पनि आफूले पदको लोभ नगरेको उनले जिकिर गरे।

‘मैले ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ गरिन्। जसको पद नै सर्वोपरि छ, त्यस्तालाई पद दिएर जसलाई जे दिँदा हुन्छ त्यही दिएर न हुने हो। त्यही पनि ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकी कहाँ जानु अनौठो होइन,’ ओलीले भने।