१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १४ आइतबार
  • Sunday, 11 May, 2025
रमेश रावल क्यानको बार्षिक साधारणसभा सुर्खेतमा सुरु
२o७९ फाल्गुण १४ आइतबार १३:४१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

क्यानको वार्षिक साधारणसभा सुर्खेतमा सुरु

Read Time : > 1 मिनेट
रमेश रावल, क्यानको बार्षिक साधारणसभा सुर्खेतमा सुरु
नयाँ पत्रिका
२o७९ फाल्गुण १४ आइतबार १३:४१:oo

सुर्खेत नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को विगतको समीक्षा र भावी रणनीति बनाउनका लागि साधारणसभा सुरु भएको हो। 

साधारणसभालाई कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उदघाट्न गर्दैै देशको व्यवस्था फरिएको अब समाजको अवस्था फेर्नुपर्ने आवश्यकता रहेको बताए।

‘देशको व्यवस्था फेरिएको छ। समाजको अवस्था फेर्नु अहिले आवश्यकता हो,’ उनले भने, ‘समाजको अवस्था फेर्नुमा नै खेलकुदको विकास हुँदै जान्छ।’

कर्णालीको खेलकुद विकासका लागि आफूले पहल थालेको दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा हुन लागेको त्यसको तयारी भइरहेको मुख्यमन्त्री शर्माले बताए। 

कर्णालीमा क्रिकेटको विकास हुन नसकेकाले कर्णालीमा साधारणसभा गर्न लागिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। ‘कर्णालीमा क्रिकेटका कुनै पनि संरचना छैनन्,’ उनले भने, ‘कर्णालीमा खेलको विकास धेरै हुन सकेको छैन । त्यसैले कर्णालीमा साधारणसभा गर्न लागेका हौँ।’

कर्णालीमा क्रिकेटको भौतिक संरचना नभएका कारणले यहाँ पुरुष क्रिकेट खेलाडी मात्र रहेको ती खेलाडी पनि बाहिर गएर प्रशिक्षण लिनुपर्ने बाध्यता रहेको चन्दले जानकारी  दिए। ‘कर्णालीमा महिला क्रिकेटको टिम नै छैन,’ उनले भने, ‘पुरुष क्रिकेट टिम पनि बाहिर गएर प्रशिक्षण गर्नुपर्ने बाध्यता छ।’

कर्णालीमा अझै पनि क्रिकेटको विकास हुन नसकेका कारणले यहाँ क्रिकेटको विषयमा जानकारी दिन आवश्यक रहेको अध्यक्ष चन्दले बताए। 

नेपाली क्रिकेट टिम अहिले बलियो रहेको युएईमा हुने खेलमा पनि नेपाल राम्रो नतिजा ल्याउने अध्यक्ष चन्दले जानकारी दिए। ‘भावी दिनमा हुने खेलमा नेपालले राम्रो नतिजा ल्याउछ,’ उनले भने, ‘नेपाली क्रिकेट टिम अहिले बलियो हुँदै गएको छ। भावी खेलमा राम्रो नतिजा ल्याउँछ।’

नेपाल क्रिकेट संघ नेपालमा क्रिकेटको आधिकारिक तथा नियामक निकाय भएको अध्यक्ष चन्दले जानकारी दिए। ‘नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् नेपालको प्रतिनिधि हो भने यसका साथै नेपाल क्रिकेट संघ २०४५ सालदेखि यसको सहयोगी सदस्यको रूपमा रहेको छ । यो एसियाली क्रिकेट परिषद्को सदस्य हो।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले यसलाई ०७३ वैशाखदेखि ०७६ असोज २६ गरेसम्मका लागि सरकारी हस्तक्षेप भएको भन्दै निलम्बित गरेको उनले जानकारी दिए।

‘निलम्बन फुकुवापश्चात् अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपाली क्रिकेटको व्यवस्थापनको सम्पूर्ण जिम्मा लिँदै सबै पक्षहरूसँग छलफल गरेर नयाँ अध्यक्ष पदको निर्वाचनका लागि विभिन्न प्रक्रियाहरू अपनाएको थियो,’ उनले भने, ‘औपचारिक रूपमा २७ असोज २०७६ मा संघलाई ससर्त आधारमा पुनर्स्थापित गरेको थियो।’