१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। 

गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्यलियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपतकालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए)ले आज जनाएको छ। 

दुर्घटनाग्रस्त विमानमा चालकबाहेक एकजना परिचारिका, एकजना चिकित्सा सहायक, एकजना बिरामी र निजको परिवारका एकजना सदस्य थिए। प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ।  यद्यपि, दुर्घटनाको कारण स्पष्ट भएको छैन।

निरन्तरको हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ। क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ। शनिबार साझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीविहीन थिए।