१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आठ दलको बीचमा भएको समझदारी राष्ट्रिय सहमति हो : प्रधानमन्त्री प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ राजनीतिक दलबीच राष्ट्रपति निर्वाचनबारे भएको समझदारी राष्ट्रिय सहमति भएको दाबी गरेका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले ८ राजनीतिक दलहरूसँग सहमति गर्नुपरेको बताए।

शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरूसँगको सहकार्यले जटिलता, संशय, भ्रम मात्रै पैदा गर्छ। मैले २ महिनाभित्रै त्यो तितो अनुभूति गरेँ।’

राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई राष्ट्रपति दिन एमाले अध्यक्ष केपी ओलीलाई गरेको आग्रह अस्वीकार गरेपछि नयाँ गठबन्धन बनाएर राष्ट्रिय सहमतिका साथ अघि बढ्ने निर्णय लिएको दाहालले प्रस्ट्याए। उनले लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णयबाट आफू खुसी र गौरवान्वित भएकोसमेत बताए।

‘प्रधानमन्त्री त मैले आठ दलको सहमतिभन्दा धेरै पहिले उतै पाइसकेको थिएँ। मुख्य कुरा त्यो होइन। देश, जनता, लोकतन्त्र, स्थायित्व र विकास कुन राजनीतिक प्रक्रियाबाट हुन सक्छ भन्ने कुरा मुख्य हो,’ दाहालले भने।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रको हित प्रतिकूल हुने गरी कहीँ पनि सम्झौता नगर्ने विश्वास व्यक्त गरे।