Skip This
लागुऔषध सेवन गरी सवारी चलाउने ६ जना पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १३ शनिबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण १३ शनिबार १४:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध सेवन गरी सवारी चलाउने ६ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण १३ शनिबार १४:३६:oo

लागुऔषध सेवन गरी सवारीसाधन चलाउने ६ चालकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं–धादिङ रुटमा चल्ने यातायातका सवारीसाधन चेक गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर हेटौँडा उपमहानगर– ५ का ४२ वर्षीय गणेश चौलागाईं, सिन्धुपाल्चोक कालिका गाउँपालिका– १ का २३ वर्षीय मेखबहादुर थापामगर, लमजुङ राइनस नगरपालिका– ९ का २५ वर्षीय श्याम थापा, लमजुङ सुन्दरबजार  नगरपालिका– ९ का २५ वर्षीय संजय गुरुङ, रामेछाप पकरवास गाउँपालिका– ५ का २५ वर्षीय गणेश दमाईं र धादिङ सिद्धलेख गाउँपालिका– १ का २८ वर्षीय बिजन सिलवाल रहेका छन्। पक्राउ परेकामध्ये गणेश चन्द्रागिरि गुर्जधारास्थित रिब्स स्कुलको बसका चालक हुन्। 

नागढुंगास्थित चेकपोस्टमा गरिएको परीक्षणपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूविरुद्ध लागुऔषध सेवनसम्बन्धी कुसरअन्तर्गत कारबाही गर्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले बताए।