मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण ११ बिहीबार १६:४४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दार्चुलामा १३औँ राष्ट्रपति रनिङ सिल्डको तयारी अन्तिम चरणमा

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ११ बिहीबार १६:४४:००

दार्चुलामा शुक्रबारदेखि सुरु हुने १३औँ राष्ट्रपति रनिङ सिल्डको तयारी अन्तिम चरणमा पुगेको छ । सदरमुकाम खलंगास्थित नवनिर्मित शिवनगर खेलकुद मैदान र खुलामञ्चमा प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो ।

प्रतियोगितामा भाग लिन ९ वटै स्थानीय तहका खेलाडी सदरमुकाम खलंगा पुगेका छन् । पालिकास्तरीय खेलकुदबाट छनाेट भएका खेलाडीलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि छनाेट गरी खलंगा ल्याइएको हो । फागुन १२ गतेबाट सुरु हुने राष्ट्रपति रनिङ सिल्ड फागुन १६ गते सकिनेछ ।

०७० सालमा आएको महाकाली बाढीपछि सदरमुकाम खलंगामा राष्ट्रपति रनिङ सिल्ड सञ्चालन हुन सकेको थिएन । मैदान अभावका कारण सदरमुकामबाहिर प्रतियोगिता हुँदै आएको थियो । यसपटक शिवनगरमा नयाँ खेलकुद मैदान निर्माण गरी प्रतियोगिता जिल्लास्तरमै सञ्चालन हुन लागेको हो ।

प्रतियोगिताका लागि दुईवटा खेलमैदान तयार पारिएको छ । शिवनगर खेलकुद मैदानमा उद्घाटनलगत्तै एथलेटिक्सका सम्पूर्ण खेल हुनेछन् । एथलेटिक्सअन्तर्गत छात्रछात्राको एक सय, दुई सय, चार सय, आठ सय, १५ सय र तीन हजार मिटर दौड प्रतिस्पर्धा हुनेछ । यस्तै, रिले दौडअन्तर्गत एक सय गुणा चार र चार सय गुणा चार प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका लागि महाकाली नगरपालिकाले छोटो समयमा खेलकुद मैदान निर्माण गरेको हो । झन्डै एक सय मिटर लम्बाइ र ४० देखि ५० मिटरसम्म चौडाइ भएको खेलकुद मैदान निर्माण गरिएको छ ।