१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ फाल्गुण ८ सोमबार १७:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे १० केजी गाँजासहित सिराहाबाट तीनजना पक्राउ

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण ८ सोमबार १७:५९:००

सिराहाको मिर्चैयाबाट प्रहरीले साढे १० किलोग्राम लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आइतबार साँझ मिर्चैया नगरपालिका– ६ कटारीचोकमा गाँजा बिक्री वितरणको लागि लैजाँदै गरेको गोप्य सूचनाको आधारमा दुईवटा मोटरसाइकल चढेका शंकास्पद तीन युवकलाई नियन्त्रणमा लिई खानतलासी गर्दा सो परिमाणमा गाँजा बरामद भएको हो।

पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका– ६ का ४६ वर्षीय कुशेश्वर यादव, धनगढीमाई नगरपालिका– १४ का ३६ वर्षीय गौरव शाही र २४ वर्षीय काले भन्ने भुपेन्द्रबहादुर ठकुरी रहेका सिराहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। प्रहरीले पक्राउ परेकाहरू चढेको अनटेस्ट पल्सर र बागमती प्रदेश ०२–०२६ प ०१९७ नम्बरको गरी दुई थान मोटरसाइकलसमेत बरामद गरेको छ।

पक्राउ परेका तीनजनाविरुद्ध लागुऔषध मुद्दामा सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद लिई मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रनाउ पाण्डेले बताए।