Skip This
ताजकिस्तान हिमपहिरोमा १९ जनाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ८ सोमबार
  • Tuesday, 13 May, 2025
२o७९ फाल्गुण ८ सोमबार १५:३१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ताजकिस्तान हिमपहिरोमा १९ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ८ सोमबार १५:३१:oo

मध्यएसियाको पहाडी मुलुक ताजकिस्तानमा गएको हिमपहिरोमा परी १९ जनाको मृत्यु भएको छ। 

यही फागुन ३ देखि ७  गतेसम्म दुई सय स्थानमा हिमपहिरो गएको जनाउँदै सरकारी अधिकारीहरूले पाँच दिनको अवधिमा मृतकको संख्या १९ पुगेको जनाएका हुन्।

हिमपहिरोका कारण आपतकालीन सेवासमेत बन्द भएका छन् । वेलावेलामा मध्यएसियाली मुलुक ताजिकिस्तान प्राकृतिक प्रकोपको चपेटामा परिरहन्छ। पूर्वसोभियत संघबाट छुट्टिएका राज्यमध्ये ताजिकिस्तान सबैभन्दा गरिब राष्ट्र हो। 

उक्त देशमा सात हजार मिटरभन्दा माथिका हिमशिखर छन्। ९५ लाख जनसंख्या रहेको ताजकिस्तान अफगानिस्तान, चीन र किर्गिस्तानले घेरिएकाे छ।

तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति इमोमाली रहमोनसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा इरानका राष्ट्रपति इब्राहिम रायसीले हिमपहिरोका कारण भएको अमूल्य जीवनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।