१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सिएनएन
२०७९ फाल्गुण ८ सोमबार १०:१९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

ट्विटरका प्रतिस्पर्धी आफ्नै पूर्वकर्मचारी

ट्विटरलाई विस्थापित गर्न बलियो नेटवर्क र रियल टाइम समाचारमा बानी परेका प्रयोगकर्ताको ठूलो संख्या चुनौती हुन सक्छ

Read Time : > 2 मिनेट
सिएनएन
२०७९ फाल्गुण ८ सोमबार १०:१९:००

ट्विटरमा मानव संसाधन सल्लाहकार रहेकी सराह ओहले गत वर्ष खाइपाइको जागिर गुमाइन् । एलन मस्कले ट्विटर अधिग्रहण गरेपछि उनी कर्मचारी कटौतीको पहिलो चरणमा परिन् । त्यसपछि उनले साथीहरूसँग मिलेर प्रतिस्पर्धी सेवा सुरु गर्ने योजना बनाइन् । 

पहिले ट्विटर र गुगगलमा काम गरेका ग्याबर सेलेसँग मिलेर सराहले ट्विटरजस्तै सामाजिक सञ्जाल टिटु लन्च गरिन् । हाल यो बेटामा मात्रै उपलब्ध छ । यसले सुरक्षा चासोलाई केन्द्रमा राखेको छ । सराहका अनुसार टिटुले प्रयोगकर्तालाई दुव्र्यवहार र भयरहित वातावरणको अनुभव प्रदान गर्ने अनुमति दिनेछ ।

यस सन्दर्भमा टिटु सही स्थानमा रहेको उनको भनाइ छ । मस्कले ट्विटर अधिग्रहण गरेयता सेवाहरूको सानो, तर बढ्दो संख्याले ट्विटरको कर्मचारी कटौतीको निर्णय, सामग्री मध्यस्थता नीतिमा पुनर्विचार तथा प्रतिबन्धित खातालाई पुनः फर्काउने डलर खर्बपतिको निर्णयबाट असहज हुने प्रयोगकर्तालाई तान्ने कोसिस गरिरहेको छ । 

टिटु र स्पिलजस्ता बजार प्रवेश गरेका नयाँ एप्स ट्विटरका पूर्वकर्मचारीले बनाएका हुन् । यसलाई ट्विटरकै लगानीकर्तामध्येका एकले समर्थन गरेका छन् भने सोही कम्पनीका पूर्वसिइओ ज्याक डोर्सीको सेवा समावेश छ । यी एप्समध्ये टिटु एप्स ट्विटरजस्तै देखिन्छ भने अरू केही फरक छन् । गत महिना इन्स्टाग्राम संस्थापकले कृत्रिम बौद्धिकता (एआई)द्वारा प्रवद्र्धित व्यक्तिगत न्युज फिड (आर्टिफ्याक्ट)को घोषणा गरे । तर, यसलाई ट्विटरसँग तुलना गरियो ।

पछिल्लो एक अनुसन्धानमा यो समाचार पठन एप्स एप्पल न्युज या निष्क्रिय गुगल रिडरजस्तो देखाएको पाइएको थियो । आर्टिफ्याक्टले ठूला मिडिया संगठनका र साना ब्लगरलाई लोकप्रिय आर्टिकललाई प्रयोगकर्ताको रुचि र सक्रियताका आधारमा मुख्य पृष्ठ (मेन पृष्ठ) मा देखाउँछ । 

एन्टी सफ्टवेयर सफ्टवेयर क्लबका सहसंस्थापक जे कप्लान् भन्छन्, ‘हामीले धेरै मान्छे ट्विटरबाट आंशिक वा पूर्ण रूपमा बाहिरिन थालेको सुनेका छौँ । यो उनीहरूकै लागि राम्रो अनुभव हो ।’ उक्त कम्पनीले ट्विटरजस्तै मिडिया फिड सञ्चालन गर्छ । मस्कले ट्विटर खरिद गर्ने बोली लगाएपछि गत वर्षको जुनमा यो सेवा सार्वजनिक भएको हो ।

मस्कले ट्विटर अधिग्रहण गरेयता सेवाको सानो, तर बढ्दो संख्याले ट्विटरका कर्मचारी कटौती निर्णय, सामग्री मध्यस्थता नीतिमा पुनर्विचार तथा प्रतिबन्धित खातालाई पुनः फर्काउने डलर खर्बपतिको निर्णयबाट असहज हुने प्रयोगकर्तालाई तान्ने कोसिस गरिरहेको छ । 
 

नोभेम्बरमा मस्कले ट्विटर अधिग्रहणको प्रक्रिया पूरा गरेपछि उक्त प्लाटफर्ममा प्रयोगकर्ताको वृद्धि भई ४८ घन्टामा ८० हजार नाघे । कप्लानका अनुसार आमप्रयोगकर्ताले विकल्पका रूपमा ट्विटर प्रयोग गर्न थालेपछि उनको प्लाटफर्मलाई सम्झिएका छन्, जुन ट्विटरलाई प्रतिस्थापन गर्ने महत्वपूर्ण भेद हो ।

ट्विटरलाई विस्थापित गर्न पत्रकार, नेता, र मनोरञ्जनकर्ताको बलियो नेटवर्क र रियल टाइम समाचारमा बानी परेका प्रयोगकर्ताको ठूलो संख्यासँग चुनौती हुन सक्छ । अहिले कोहोस्टजस्ता एप्स गतिशील देखिएका छन् । तथापि यसका प्रयोगकर्ता भने ट्विटरको अनुपातमा केही भिन्न हुन सक्छन्, जसमा गत वर्ष दैनिक २० करोड सक्रिय प्रयोगकर्ता थिए । हाल कोहोस्टका प्रयोगकर्ता करिब डेढ लाख छन् । यसमध्ये २० हजारलाई कोहोस्टले सक्रिय प्रयोगकर्ता मानेको छ । यस्तै, टिटु पनि पाँच अंकको लाइनमा छ । र, यो संख्या क्रमशः बढ्ने पनि बताइएको छ । 

ट्विटरको पछिल्लो प्रतिस्पर्धी बनेको हाइप्रोफाइल मस्टोडनका प्रयोगकर्ता गत नोभेम्बरमा २५ लाख थिए । तर, घटेर १४ लाखमा झरेको छ ।मस्कले ट्विटर अधिग्रहण गरेलगत्तै सामाजिक सञ्जाल छोड्ने प्रयोगकर्ताको सुरुवाती लहरका बाबजुद पनि कम्पनीले अहिलेसम्मकै उच्च प्रयोगकर्तामाथिको प्रभाव जारी राखेको दाबी गरेका थिए । अधिग्रहणका रूपमा मस्कले ट्विटरलाई निजी बनाएसँगै कम्पनीले अब त्रैमासिक रूपमा सुरक्षा प्रत्याभूतिको ‘रिपोर्ट’ गर्न छोडेको छ ।

‘यदि प्रयोगकर्ताले सामाजिक सञ्जाल छाड्छन् भने जान्छन् कहाँ ? अहिलेसम्म ट्विटर छोडेर जाने अर्को कुनै खाता (अकाउन्ट) छैन । न यसका लागि तयारी नै छ,’ युएससी एनेनबर्ग स्कुल फर कम्युनिकेसन एन्ड जर्नालिजमका क्लिनिकल प्रोफेसर करेन नर्थ भन्छन्, ‘ट्विटरजस्तो वैश्विक प्रयोगकर्ताका आधारमा प्रतिनिधित्व गर्ने अर्को प्लाटफर्म छैन ।’

प्रतिद्वन्द्वीका लागि विषय जटिल बनाउन मस्कको अधीनमा ट्विटरबारे केही प्रारम्भिक आक्रोश र मिडियाको ध्यान सम्झौता सकिएपछि सुस्त भएको छ । यद्यपि, विरोधाभास भने बाँकी नै छन् । धेरैजसो ट्विटर प्रयोगकर्ता गत अक्टोबरको तुलनामा अहिले अन्यत्रै फड्को मार्न कम इच्छुक छन् ।