१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:oo:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शिक्षा मन्त्रालयले रोक्यो शैक्षिक मेलाको अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:oo:oo

 शिक्षा मन्त्रालयले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई केन्द्रित गरी आयोजना हुने एजुकेसन फेयरको अनुमतिमा रोक लगाएको छ । विदेश अध्ययनलाई निरुत्साहित गर्ने उद्देश्यले मन्त्रालयले स्वीकृतिमा रोक लगाएको हो । 

शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीका अनुसार मन्त्रालयस्तरीय निर्णयबाट अनुमति नलिई फेयर गर्न रोकेको बताए । ‘शैक्षिक परामर्शसम्बन्धी नियमावली बन्दै छ, अनुमतिका लागि अर्थ मन्त्रालय पुगेको छ,’ उनले भने, ‘नयाँ कानुन नबनेसम्म फेयर गर्न नदिने भनेका छौँ ।’ 

दर्ता भएका तथा नभएका संस्थाहरूले एजुकेसन फेयरका लागि चासो राखे पनि पछिल्लो समय कसैले अनुमति पाएका छैनन् । प्रशासनले कडाइ गरेपछि फेयरका लागि तयार गरिरहेका संस्थाले समेत तयारी बन्द गरेका छन् । यसअघि दर्ता भएका तथा नभएका संस्थाबाट फेयरका नाममा जथाभावी भएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ । 

नयाँ नियमावलीमा भाषा तथा परामर्शका विषयमा केन्द्र, प्रदेश र स्थानीय तहको अधिकारको विषयलाई स्पष्टसँग तोकिएको छ । शैक्षिक परामर्श केन्द्र दर्ता, नवीकरण, शैक्षिक मेला, भाषा अध्यापनको अनुमित कसले दिने भन्ने बाँडफाँट गरिएको छ । 
राष्ट्रिय शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक मेलाका विषयमा शिक्षा मन्त्रालयले बदमासी गरेको बताए । केही समयअघि शिक्षा मन्त्रालयले स्वीकृति लिएर मात्र मेला गर्न सूचना निकालेको र मेला गर्न पाऊँ भन्दै निवेदन दिँदा दर्ता गर्न नमानेको अध्यक्ष पाण्डेले बताए ।

उनले भने, ‘नीति–नियम पूरा गरेर स्वीकृति माग्दा पनि शिक्षा मन्त्रालयले निवेदन गर्दा गर्न मानेको छैन, यो मन्त्रालयको बदमासी हो ।’ यस विषयमा इक्यानले मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखसँग छलफलको प्रयास भएको बताए ।