१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण ७ आइतबार
  • Sunday, 11 May, 2025
२o७९ फाल्गुण ७ आइतबार १७:२७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

त्रिपुरासुन्दरीमा दोस्रो मेयर कप सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण ७ आइतबार १७:२७:oo

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले दोस्रो मेयर कप तथा ७३औं प्रजातन्त्र दिवस भव्य रूपमा मनाएको छ। नगरपालिकाको केन्द्र बगर बजारमा आयोजित दुईवटै कार्यक्रमहरू आइतबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको हो।

एक सातादेखि नगरपालिकाले आयोजना गरेको दोस्रो मेयर कप तथा जिल्लास्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि वडा नं ५ ल्हाँका युवाहरूले जितेका छन्। खेल जितेसँगै एक लाख पन्ध्र हजार नगद, कप, मेडल र प्रमाणपत्र पाएका छन्।

द्वितीय स्थान हासिल गरेका वडा नं ६ फुल्चिङका युवाहरूले ६१ हजार र तृतीय भएका वडा नं २ का युवाहरूले ४१ हजार नगद प्राप्त गरेका छन्। प्रतियोगितामा दशरथ पहाडी उत्कृष्ट खेलाडी घोषित भए। त्यसैगरी, भीम चलाउने उत्कृष्ट स्ट्राइकल र दमन थापा अनुशासित खेलाडी घोषित भए।

प्रजातन्त्र दिवसका अवसरमा स्थानीय कलाकारहरूले स्थानीय कला, संस्कृति झल्काउने नृत्य, देउडा, मागल, चुड्किला र नाटक प्रस्तुत गरेका थिए। समापन कार्यक्रममा बोल्दै नगरप्रमुख जनचन्द्र रोकायाले खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र दिवसका अवसरमा उत्कृष्ट कला संस्कृति प्रदर्शन गर्ने स्थानीय कलाकरहरूलाई धन्यवाद दिए।

जिल्लास्तरीय मेयरकपका लागि नगरपालिकाले १२ लाख बजेट छुट्याएको थियो।