१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रिहा भएपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरुसँग चौधरी ।
२o८१ बैशाख ३१ सोमबार १२:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नागरिक उन्मुक्तिका सांसद चौधरी कारागारमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:४३:oo

ट्र्याक्टरमा आगो लगाएको मुद्दामा कैद सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागारमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि सांसद चौधरीलाई जिल्ला कारागार कैलालीले आइतबार मुक्त गरेको हो ।

जिल्ला कारागारले प्रजातन्त्र दिवसका अवसरमा आममाफी पाएका अन्य तीनजनालाई पनि आज मुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा तीन सय ९५ कैदीको सजाय माफी गरेकी छिन् ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आगो लगाएको मुद्दामा दोषी भई कैद सजाय पाएको खुलेपछि गत १९ माघमा बाँकेको बैजनाथ गाउँपालिका– १ चिसापानीबाट पक्राउ परेका थिए । कैलालीको लम्कीका महादेव बजगाईंको ट्र्याक्टरमा आगो लगाएको मुद्दामा जिल्ला कारागार कैलालीले करिब १० वर्षअघि चौधरीसहित तीनजनालाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र कुल आठ लाख १९ हजार ४२३ रुपैयाँ बिगो असुल्ने फैसला गरेको खुलेको थियो ।

तीनैजना फरारको सूचीमा थिए । फैसलाबारे उजुरीकर्तासमेत अनभिज्ञ थिए, तर दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत १२ माघमा पक्राउ परेपछि सांसद चौधरीसमेत फरारको सूचीमा रहेको खुलेको थियो । पक्राउ परेपछि उनी निलम्बनमा परेका थिए ।

चौधरी रिहा हुँदा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उक्त पार्टीका नेता–कार्यकर्ताले कारागारको गेटमा खादा र माला लगाएर स्वागत गरेका छन् । कारागारबाट रिहा भएपछि सांसद चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको प्रतिक्रिया दिए ।

ad
ad