Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ७ आइतबार ०९:१४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : दुवै खेल बराबरीमा टुंगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ७ आइतबार ०९:१४:००

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग गोलरहित बराबरी खेलेको छ । चेन्नईस्थित जवाहारलाल नेहरू रंगशालालमा नेपाल र घरेलु टोली भारतले गोलका केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् । यसअघि नेपाल र भारतले बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा २–२ गोलको बराबरी खेलेका थिए । यससँगै ओलम्पिक छनोटको तयारीका लागि खेलिएको दुवै खेल बराबरीमा सकिएका छन् । 

अप्रिलमा हुने खेलमा नेपालसहित भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान समूह ‘सी’मा छन् । यसैगरी भारत, कीर्गिस्तान र तुर्केमिनिस्तान समूह ‘जी’मा छन् । पहिलो खेलमा नेपालले भारतलाई निकै दबाबमा राखे पनि बराबरीमा रोकिएको थियो । भारतले ५६औँ मिनेटमा सौम्य गुगुलोथ र ७८औँ मिनेटमा कप्तान इन्दुमथी कोथिरेसनको गोलमा २–० को अग्रता बनाएको थियो । तर, अन्तिम दुई मिनेटमा प्राप्त अवसरलाई सदुपयोग गर्दै सावित्रा भण्डारीले नेपालको हार टारेकी थिइन् । 

एन्जिलाको उत्कृष्ट प्रदर्शन
मुख्य डिफेन्डर गीता राना घाइते भएपछि दबाबमा आएको नेपालले शनिबार रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरेको थियो । रक्षापंक्तिले दबाबमा खेले पनि गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले आधा दर्जनभन्दा बढी प्रहार रोक्दा नेपालले हार टारेको थियो । घरेलु मैदानमा आक्रामक देखिएको भारतले नेपाललाई दबाबमा राखेको थियो । खेलभर एन्जिलाले उत्कृष्ट प्रदर्शन गरेपछि भारत घरेलु मैदानमै बराबरीमा रोकिएको थियो । गत असोजमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा एन्जिलाकै कप्तानीमा नेपालले भारतलाई १–० ले हराएको थियो । सो खेलमा स्ट्राइकर रश्मिकुमारी घिसिङले निर्णायक गोल गरेकी थिइन् । 

गीता एक महिना बाहिर
भारतविरुद्ध पहिलो मैत्रीपूर्ण खेलमा घाइते भएकी डिफेन्डर गीता राना एक महिना मैदानबाहिर हुने भएकी छिन् । खुट्टामा चोट बोकेपछि गीता भारतविरुद्ध पहिलो खेलमा पूरा समय खेल्न सकिनन् ।