१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १२:o३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

२९४ महिलामा जाँच गर्दा १९ जनामा पाठेघरको मुखको क्यान्सर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o३:oo

बाँकेका दुई सय ९४ महिलाको पाठेघर जाँच गर्दा १९ जनामा पाठेघर मुखको क्यान्सर देखिएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कोहलपुरमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका दुई सय ९४ मध्ये १९ महिलाको पाठेघरमा पहिलो चरणको क्यान्सर पुष्टि भएको संस्थाका वरिष्ठ व्यवस्थापक जिताराम गौतमले जानकारी दिए ।

उनका अनुसार जाँच गराएका महिलामध्ये थप ३२ जनाको पाठेघरमा पनि क्यान्सरको आशंका गरिएको छ । ति महिलालाई थप जाँचका लागि बाहिर पठाइएको उनको भनाई छ । ‘यीमध्ये कम्तिमा १० जनाको पाठेघरमा प्रारम्भिक चरणको क्यान्सर देखिने सम्भावना छ,’ उनले भने, ‘थप रिपोर्ट आएपछि वास्तविक अवस्था स्पष्ट हुन्छ ।’

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले महिला समूहमा आवद्ध महिलालाई स्वास्थ्य अवस्था बुझ्न आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएका महिलामा प्रेसर, सुगर, थाइराइडजस्ता समस्या देखिएको नेपालगन्ज मेडिकल कलेजका फिजिसियन डा. श्याम विकले बताए । उनले भने, ‘सामान्य स्वास्थ्य समस्या देखिएका महिलाको संख्या धेरै भए पनि पाठेघरको मुखको प्रारम्भिक चरणको क्यान्सरको समस्या देखिएका महिलाको संख्या पनि उत्तिकै छ ।’

संस्थामा आवद्ध महिलाको स्वास्थ्य अवस्था बुझ्न शिविर संचालन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले बताए । स्वस्थ जीवनले मात्र उद्यम सम्भव हुने भएकोले संस्थाको समुहमा आवद्ध उद्यमी महिलाको स्वास्थ्य परीक्षण गरिएको उनले बताए । ‘स्वस्थ भएमात्र उद्यमी महिलाले राम्रोसँग उद्यम संचालन गर्न सक्नुहुन्छ । मध्यम आय भएका महिलाको स्वास्थ्य बिग्रिए उद्यम तहसनहस हुन्छ,’ उनले भने, ‘महिलाको स्वास्थ्य नै धन हो भन्ने उद्देश्यले स्वास्थ्य शिविर संचालन गरेका हौँ ।’

उनले कर्जाको दुरुपयोग भए खराव स्थिति निम्तिने बताउँदै गरिवी निवारण गर्न सीपलाई उत्पादनसँग जोड्नुपर्ने बताए । ‘प्रविधि र सीपलाई उत्पादनसँग जोड्दा गरिवी हट्छ,’ उनले भने ।