मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण ४ बिहीबार १२:३८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मुसिकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, मालिकाको उपाधि तिखेचुलीलाई

Read Time : > 1 मिनेट
२०७९ फाल्गुण ४ बिहीबार १२:३८:००

मुसिकोट नगरपालिकामा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । नगरपालिका स्तरीय प्रतियोगीता मुसिकोट नगरपालिका–६ को ग्वादिकाचौर खेल मैदानमा पूर्वमन्त्री तथा क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरे ।

प्रतियोगीताका उद्घाटन गर्दै बिष्टले पालिकाबाट वडास्तर र संघ तथा प्रदेशबाट क्षेत्रस्तरका पुर्वाधार विकासका काम गर्नुपर्नेमा जोड दिए । उनले गाउँ–गाउँमा पनि राष्ट्रिय स्तरका खेल प्रतिभाहरु हुने भएकाले खेल क्षेत्रको विकासमा संघीय सरकारले आवश्यक सहयोग गर्ने बताए ।

प्रतियोगितामा मुसिकोट नगर भित्रका संस्थागत र सामुदायिक गरेर १९ विद्यालय सहभागी छन् । प्रतियोगीतामा छात्र–छात्रा दौड, भलिबल, हाइजम्प, लङजम्प, सटपुट, कबड्डी ज्याभलिङ्ग थ्रो, त्रिपलजम्पलगायतका खेल हुने मुसिकोट नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप खत्रीले जानकारी दिए ।

मालिका रनिङ शिल्ड तिखेचुलीलाई
मालिका रनिङ शिल्डको उपाधी तिखेचुली युवा क्लवले जितेको छ । मालिका गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा २४ समूहले सहभागीता जनाएका थिए । क्लवले बडिगाड गाउँपालिकाको कर्मचारी समूहलाई ३–१ को सेटमा पराजित गर्दै बिजयी बनेको हो ।

तिखेचुली युवा क्लबले ३५ हजार नगदसहित, मालिका रनिङ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको बडिगाड गाउँपालिकाको कर्मचारी समूहले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । मालिका गाउँपालिकाको जनप्रतिनिधिको तृतीय र छापहिलेको शिक्षक समूहले सान्त्वना हुँदै क्रमशः १५ र १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी असिम पुन मगर र उत्कृष्ट सटर नबिन भण्डारी मगरले २५ सयसहित मेडल प्राप्त गरेका छन् । गाउँपालिकामा उपप्रमुख उपेन्द्र अर्यालले मालिका गाउँपालिकाले जिल्ला भित्र र बाहिरका बाग्लुङ्ग तथा प्युठानका छिमेकी पालिकाका जनप्रतिनिधी र कर्मचारीसंग खेलका माध्यमबाट भावनात्मक सम्बन्ध बढाउन प्रतियोगीता राखिएको बताए ।