१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
मनीष खड्का रुकुम पश्चिम
Invalid date format १४:३६:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गुरिल्ला म्याराथनमा रुकुम पश्चिमका दुर्गा र जुम्लाकी मञ्जु प्रथम 

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित पाँचौं राष्ट्रिय सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनमा पुरुषतर्फ रुकुम पश्चिमका दुर्गा बुढा र महिला तर्फ जुम्लाकी मञ्जु रावत प्रथम भएका छन्। 

जनयुद्ध दिवसको अवसरमा सोमबार भएको म्याराथनमा पुरुष तर्फ विभिन्न ठाउँका ६१ जना धावकले प्रतिस्पर्धा गरेकामा रुकुम पश्चिमका बुढा प्रथम भएका हुन्। 

निर्धारित ४६ किलोमिटर दुरि ४ घण्टा ५८ मिनेटमा पार गर्दै बुढा पहिलो भएको आयोजक सानीभेरी गाउँपालिकाले जनाएको छ । भोजपुरका उमेश राई दोस्रो भए। 

उनले निर्धारित दुरि ५ घण्टा ४ मिनेटमा पार गरे । त्यस्तै ५ घण्टा ११ मिनेटमा दुरि पार गर्दै सानीभेरी गाउँपालिकाका अर्जुन वस्नेत तृतिय तथा ५ घण्टा २१ मिनेटमा दुरि पार गर्दै रुकुम पूर्वका हिमाल बुढा चौंथो भए।

महिला तर्फ प्रथम हुने रावतले निर्धारित ३४ किलोमिटरको दुरि ३ घण्टा २४ मिनेटमा पुरा गरिन । महिला तर्फ खोटाङकी प्रिया राई दोस्रो, जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो र सुर्खेतकी विन्दु हमाल चौंथो भएको प्रतियोगिता व्यवस्थापक खेलकुद विकास समिति सानीभेरीका अध्यक्ष भिमप्रकास विकले जानकारी दिए। 

उनका अनुसार दोस्रो हुने राइले निर्धारित दुरि ३ घण्टा ३४ मिनेट, तेस्रो हुने रावतले ३ घण्टा ४१ मिनेट र चौंथो हुने हमालले ३ घण्टा ४२ मिनेटमा दौड पूरा गरे।  

सानीभेरी गाउँपालिकाले हरेक वर्षको फागुन १ गते जनयुद्ध दिवसको अवसरमा गरिल्ला म्याराथन आयोजना गर्ने गरेको छ । यो प्रतियोगिताको पाँचौं संस्करण हो।

यसपटक देखि म्याराथनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पनि सहयोग गरेको छ । राखेपले यो वर्ष प्रतियोगिताका लागि १५ लाख सहयोग गरेको छ भने गाउँपालिकाले ८ लाख बजेट विनियोजन गरेको थियो। 

तत्कालिन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धका क्रममा माओवादी गुरिल्लाहरुले प्रयोग गरेको बाटोमा म्याराथन संचालन गर्ने गरिएको छ।

माओवादीले लडाकु उत्पादनका लागि प्रयोग गरेको मौराखारा लेकका नामबाट यस प्रतियोगिताको नामाकरण गरिएको छ। धावकहरुलाई दौडाएर यही लेकसम्मै पुर्याउने गरिएको छ। 

गाउँपालिका अध्यक्ष विर्खवहादुर विष्टले मौराखारा लेकमा धावकहरुले तत्कालिन माओवादी लडाकुहरुले गरेका मध्ये केही क्रियाकलाप गर्ने गरी सुरुङ लगायतका भौतिक संरचना निर्माण गरिएको बताए। माओवादी लडाकुले लगाउने जस्तो कपडा नै लगाएर धावकहरुलाई दौडाउने गरिएको छ । यसले जनयुद्धको झल्को दिने गरेको छ। 

म्याराथनको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, राट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ लगायतले उद्घाटन गरेका थिए।