
नेपालको एक अग्रणी पेय पदार्थ कम्पनी कोकाकोला नेपालले चार्ज्ड नामको नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ । सोमबार एलओडीमा (लर्ड अफ द ड्रिंक्स) कम्पनीले नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको हो ।
यो नयाँ पेय पदार्थले उपभोक्ताहरूलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्दछ । चार्ज्डको लन्चसँगै कोकाकोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँ स्वाद थपिएको छ– बेरी बोल्ट ।
आफ्ना उपभोक्तालाई उनीहरूको आवश्यकता र जीवनशैली सुहाउँदो सफ्ट ड्रिंक्सका विभिन्न विकल्पहरू उपलब्ध गराउने प्रतिबद्धतास्वरूप चार्ज्डलाई बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘नेपाली युवाहरूका आफ्नै महत्वाकांक्षा छन् र उनीहरूलाई आफ्नो आकांक्षा पूरा गर्नका लागि जिम्मेवारी लिन र सोहीअनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देशसहित हामीले यो नयाँ पेय पदार्थ चार्ज्ड बजारमा ल्याएका छौँ । यसमा भएको बेरी बोल्टको स्वादले युवाहरूलाई नयाँ स्वाद दिनुको साथै जीवनमा आइपर्ने अनिश्चितताहरूलाई लिएर चिन्ता गर्नुको साटो चुनौतीहरूको डटेर सामना गर्ने प्रोत्साहन गर्छ ।’
त्यस्तै, बोटलर्स नेपालका म्यानेजिङ डिरेक्टर दीपक सेन्ठिल नाथले भने, ‘आफ्ना उपभोक्ताहरूलाई नयाँ स्वादसँगै स्थानीयपन पनि पस्किँदै कोकाकोला नेपालले एक टोटल बेभरेज कम्पनी बन्ने आफ्नो रणनीतिलाई एक कदम अगाडि बढाएको छ । चार्ज्डको लन्चले हाम्रो उत्पादन पोर्टफोलियोलाई विस्तार मात्र गरेको छैन, नेपाली युवाहरूको रोजाइ र तिनीहरूको गो–गेटर लाइफ स्टाइललाई सम्बोधन गर्ने कोकाकोलाको प्रयासलाई पनि देखाएको छ ।’
चार्ज्डको लन्च क्याम्पेनलाई अझै सफल बनाउन टेलिभिजन, सामाजिक सञ्जाल, ओटिटीलगायत अन्य डिजिटल माध्यमहरूमा पनि टिभिसी देखाउनुको साथै विभिन्न कलेजहरूमा कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन् ।
युवाहरूलाई सक्रिय रहन र आफ्नो उद्देश्य प्राप्ति गर्नका लागि हरदम सक्रिय रहनुपर्छ भन्ने सन्देश बोकेको यस कमर्सियलमा बिएमएक्स बाइक स्टन्ट र ग्राफिटीहरू पनि देखाइएको छ । चार्ज्ड नेपालभरका किराना पसललगायत डिपार्टमेन्ट स्टोरहरूमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ ।