१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २१:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अपहरणमा परेका पटवालको उद्धार, आठजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o६:oo

पर्साको वीरगन्ज महानगरपालिकाबाट अपहरणमा परेका एकजनालाई प्रहरीले उद्धार गरी अपहरणमा संलग्न रहेको आरोपमा आठजनालाई पक्राउ गरेको छ। 

वीरगन्जका विशालकुमार पटवाललाई हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–२ छपकैयानिवासी सदाम अन्सारी, वडा नं ११ श्रीपुरनिवासी सन्तोष लामा, मोजालिम मियाँ, रोशन थापा, वडा नं २४ निवासी विजय महतोलाई पक्राउ गरेको छ। 

यस्तै, बाराको परवानीपुर गाउँपालिका–३ निवासी नबाब हुसेन, कलैया उपमहानगरपालिका–२३ निवासी मुकेश पटेल र भारत बिहारको मोतिहारीका इमाम अन्सारीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।  

पटवाललाई हतियार देखाएर अपहरण भएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१५ भिस्वाबाट उद्धार गर्न सफल भएको र अपहरणमा संलग्नलाई वीरगन्ज महानगरपालिका–६ स्थित रेल्वे खण्डबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक शाहले बताए। 

पक्राउ परेकाहरूको साथबाट अपहरणमा प्रयोग गरिएको एक थान पेस्तोल, पाँच राउन्ड गोली, रु चार लाख ९५ हजार नगदसहित ना१९प २८०८, ना६२प १०० र बिआर १ सिआर २४२५ नंका तीनवटा मोटरसाइकलसमेत बरामद भएको प्रहरी उपरीक्षक शाहले बताए। 

पक्राउ परेकामध्ये विजय महतो अपहरण गिरोहका मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ। पक्राउ परेका सबैमाथि अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ। रासस