१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ जेठ २ बुधबार १८:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहका ८ जना हतियारसहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:o६:oo

पर्सा प्रहरीले अपहरण, शरीर बन्धक बनाई लुटपाट गर्ने गिरोहलाई हतियारसहित पक्राउ गरेको छ। वीरगन्जका ५ जना, बाराका दुईजना र एक भारतीय गरी ८ जना पक्राउ परेकाे पर्साका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका– २४ रामगढवानिवासी ३४ वर्षीय विजय महतो, वीरगन्ज– २ छपकैयाका ३० वर्षीय सदाम अन्सारी, वीरगन्ज– ११ श्रीपुरका ३४ वर्षीय सन्तोष लामा, सोही ठाँउका ४० वर्षीय रोशन थापा, ४२ वर्षीय मोजामिल मिया रहेका छन्।

यस्तै, बाराको कलैया उपमहानगरपालिका– २३ निवासी २६ वर्षीय मुकेश पटेल, परवानीपुर गाउँपालिका– ३ लिपनीमालका ३० वर्षीय नबाब हुसेन र भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतीहारी रक्सौल अहिरवाटोल– ७ का २४ वर्षीय इमाम अन्सारी छन्।

प्रहरी उपरीक्षक शाहका अनुसार गत पुष २६ मा उनीहरूले वीरगन्ज– ६ रेल्वे सडकखण्डबाट पेस्तोल देखाई अपहरण गरी वीरगन्ज– १५ का  विशालकुमार पटवाबाट ६ लाख ५० हजार फिरौती लिएका थिए। पक्राउ परेका व्यक्तिकै सूचनाको आधारमा प्रहरीको टोलीले अभियुक्तहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक शाहले बताए। 

पक्राउ परेकाहरू विगतमा विभिन्न कसुरमा सजाय भुक्तान गरिसकेका अपराधी रहेको उनले बताए। उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

ad
ad