१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १ सोमबार १६:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय विदेशसचिवद्वारा राष्ट्रपति भण्डारीसँग भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १ सोमबार १६:३६:००

नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार शिष्टाचार भेट गरेका छन् । क्वात्राले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको शुभकामना सन्देश राष्ट्रपति भण्डारीलाई सुनाएकाे भारतीय दूतावासले जनाएको छ ।

यसअघि उनले आजै परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेट गरे। नेपाल र भारतबीच परराष्ट्रसचिवस्तरीय बैठकपछि क्वात्राले परराष्ट्र मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन् ।

यसअघि सोमबार नै होटेल याक एन्ड यतीमा भएको परराष्ट्रसचिवस्तरीय बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ गर्ने सहमति भएको थियो । दुईदिने औपचारिक भ्रमणका क्रममा क्वात्रा सोमबार बिहान काठमाडौं आएका हुन् ।