Skip This
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी कार्यालयमा मनायो स्थापना दिवस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरी कार्यालयमा मनायो स्थापना दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

अख्तियारी दुरुपयोग अनुसन्धान आयोग इटहरीले विभिन्न कार्यक्रम गरी ३२औँ स्थापना दिवस बनाएको छ। शनिबार आयोग इटहरीले आफ्नो स्थापना दिवस बनाएको हो। 

स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र धरानको समन्वय र सहकार्यमा आयोगको कार्यालय इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको कार्यालय प्रमुख तीर्थराज चिलुवालले जानकारी दिए।

यस्तै, स्थापना दिवसको अवसर पारेर आयोगको कार्यालय इटहरीको कार्यक्षेत्रभित्र रहेका कक्षा ९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीहरूबीच ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक निबन्ध प्रतियोगितासमेत भएको थियो। 

प्रतियोगितामा जगन्नाथ डेडराज जनता मावि बराहक्षेत्र सुनसरीमा कक्षा ९ मा अध्ययनरत छात्रा कन्चन पौडेल प्रथम भए। उनले नगद १२ हजार पाए। 

द्वितीय हुने बालकल्याण विद्या मन्दिर मावि मोरङमा कक्षा १२ मा अध्ययनरत अनुष्का रेग्मीले ९ हजार पाइन्। तृतीय हुने कवि शिरोमणि मावि झापाको कक्षा ११ मा अध्ययनरत उषा निरौलालाई नगद सात हजार पाँच सय पाएको कार्यालय प्रमुख चिलुवालले जानकारी दिए।

यस्तै, कार्यालयमा कार्यरत कर्मचारीबीच सम्पन्न भएका विभिन्न विधाका खेलकुद प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका कर्मचारीलाई प्रमाण-पत्र वितरण गरिएको थियो। 

यस्तै, अर्ध वार्षिक अवधिमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई नगद पुरस्कारसहित प्रमाण-पत्र वितरण गरिएको चिलुवालले बताए।

कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख चिलुवालले स्वतन्त्र र स्वायत संस्थाको रूपमा रहेको आयोगले निर्भीकताका साथ तटस्थ भई निष्पक्षताकतापूर्वक अनुसन्धान तथा तहकिकात गर्दै आएको बताए। 

उनले अझै पनि सेवा प्रवाहको अवस्था गुनासोरहित हुन नसकेको, सार्वजनिक स्रोतको परिचालनमा व्यापक अनियमितता हुने गरेको, विकास व्यवस्थापनको प्रक्रियामा संगठित रूपमा अनियमितता बढेको बताए।