Skip This
स्थानीयले प्रहरीलाई बुझाएको ‘चोर’ मेडिकल कलेजबाट फरार, प्रहरी कार्यालयमा धर्ना  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 23 May, 2025
Invalid date format १४:४४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीयले प्रहरीलाई बुझाएको ‘चोर’ मेडिकल कलेजबाट फरार, प्रहरी कार्यालयमा धर्ना  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

रुपन्देहीको मायादेवी– ८ बसडिलवास्थित घरमा चोरी गर्ने क्रममा पक्राउ परेका चोरलाई प्रहरीले उपचारको क्रममा भगाएको भन्दै आइतबार स्थानीयले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा धर्ना दिएका छन्। 

बिहीबार मध्यरात नगद दुई लाख, सुनचाँदीलगायतका वस्तु चोरी गर्ने क्रममा घरधनीले प्रतिकार गरी चोरलाई नियन्त्रणमा लिएर  प्रहरीलाई बुझाएका थिए। प्रहरीले उपचारका लागि मेडिकल कलेजमा लगेकोमा मेडिकल कलेजबाटै चोर फरार भएपछि स्थानीय आकोशित बनेका थिए।

स्थानीय ढकबहादुर कुँवरको घरमा चोरी गर्ने क्रममा स्थानीयले पक्राउ गरी चोरलाई प्रहरीको जिम्मा लगाएको स्थानीय शंकर ज्ञवालीले बताए। चोरले चक्कु देखाएर मार्ने धम्की दिएपछि आत्तिएकी २३ वर्षीय छोरी भाग्ने क्रममा पहिलो तलाबाट हामफाल्दा गम्भीर घाइते भएकी छिन्। उनको मेरुदण्डमा गम्भीर सम्स्या देखिएको छ।

चोरी गरेर चोर भाग्ने क्रममा  स्थानीयले पक्राउ गरेर नजिकै रहेको वडा प्रहरी कार्यालयको जिम्मा लगाएका थिए। चोरी गर्ने काममा संलग्न पोखरा घर बताउने  केशव सुनारको साथबाट चक्कु र ताला फोड्नका लागि प्रयोग भएको सामान बरामद भएको थियो। चोरी भएको दुई लाख रकम भने भेटिएको छैन। 

प्रहरीलाई बुझाएको चोरलाई उपचारका लागि भीम अस्पतालमा लगे पनि त्यहाँ उपचार नभएको भन्दै मेडिकल कलेज लगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले बताए। 

प्रहरीको निगरानीमा उपचार भइरहेको वेला चोरलाई टाँका लगाउने भनी कोठामा लगेर प्रहरीलाई सामान किन्न बाहिर पठाएको समयमा चोर भागेको थियो। चोर भागेको विषयलाई लिएर स्थानीय जिल्ला प्रहरी कार्यालय जाँदा मुद्दा शाखामा रहेका प्रहरीले उल्टै स्थानीयसँग  दुर्व्यवहार गरेपछि स्थानीय आक्रोशित भएका थिए। 

प्रहरीसँग समन्वय गर्ने क्रममा ‘तिमीहरूले चोर भन्दै पिट्ने तिमीहरूलाई ज्यान मुद्दा लाग्छ’ भन्दै प्रहरीले धम्की दिएको स्थानीयको भनाइ छ। ‘प्रहरी चोरसँग मिलेको छ,’ स्थानीय शंकर ज्ञवालीले भने।

स्थानीयले आइतबार प्रहरी कार्यालयमा पुगी भगाइएका चोरलाई प्रक्राउ गरी कारबाहीको माग गर्दै धर्ना दिएका थिए। यसैबीच सिद्धार्थनगर उद्याेग वाणिज्य संघको टोली पनि जिल्ला प्रहरी कार्यालय पुगी दोषीलाई कारबाहीको माग गरेको छ।