Skip This
भ्यालेन्टाइनलक्षित भिभोको आकर्षक अफर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २९ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ माघ २९ आइतबार ११:१६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

भ्यालेन्टाइनलक्षित भिभोको आकर्षक अफर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ माघ २९ आइतबार ११:१६:oo

फेब्रुअरी यस्तो महिना हो जहाँ हरकोही प्रेमको रंगमा रंगिएका हुन्छन् र आफ्नो प्रेमलाई खुलेर उत्साहको रूपमा प्रकट गर्छन् । उनीहरू आफ्नो प्रियजनलाई विशेष अनुभूति गराउने उत्तम तरिका खोजिरहेका हुन्छन् । यदि तपाईं पनि आफ्नो जोडीका लागि उत्तम उपहारको खोजीमा हुनुहुन्छ भने भिभोले सही उपहार छनाेट गर्ने मात्रै नभई तपाईं र तपाईंको पार्टनरलाई सधैँभरि सम्झनामा रहिरहने स्टेकेसन जित्न सक्ने अवसर प्रदान गर्दै छ ।

भ्यालेन्टाइनलाई अझ विशेष बनाउन भिभोले ग्राहकहरूका लागि विशेष योजना ल्याएको छ जहाँ १० फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एकजना भाग्यशाली ग्राहकले  १५,००० को स्टेकेसन जित्ने मौका पाउनेछन् । साथै, भिभो स्मार्टफोनहरू यसको कार्यसम्पादन र उत्कृष्ट विशेषताहरूका कारण उत्कृष्ट उपहार साबित भएका छन् । तीमध्ये यी स्मार्टफोनहरू भ्यालेन्टाइन उपहारका लागि उत्कृष्ट हुन सक्छन् :

१. भी२३ई
भिभो भी२३ई फोटोग्राफीप्रति रुचि भएका वा तस्बिरहरू क्लिक गर्न मन पराउने तपाईंको विशेष व्यक्तिलाई उपहार दिनका लागि उत्कृष्ट स्मार्टफोनहरूमध्ये एक हो । यसमा ५० एमपी अटोफोकस पोट्रेट सेल्फी क्यामेरा र पछाडि ६४ एमपी नाइट क्यामेरा रहेको छ र भी२३ई को ८ एमपी वाइड एंगल र २ एमपी म्याक्रो क्यामेराले उच्च–रिजोल्युसनका तस्बिरहरू प्रदान गर्दछ । यसमा भएको आई अटोफोकसले असाधारण परिशुद्धताका साथ आँखामा फोकस गरेर प्रयोगकर्ताहरूलाई प्रेम र खुसीका क्षणहरू द्रुत रूपमा खिच्न सक्षम बनाउँछ । भी२३ई ले ४४ वाट फ्ल्यासचार्जमार्फत सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यो दुईवटा भेरियन्ट ८+१२८ जिबी भेरियन्टमा रु. ३६,९९९ र  ८+२५६ जिबी भेरियन्टमा रु. ४१,९९९ मा उपलब्ध छ । 

२. वाई२०एस
अर्को उपहार विकल्प, वाई२०एस मा विशाल ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ । यसमा ४ जिबी र्‍याम र १२८ जिबी रोमको साथ प्रशस्त स्टोरेज क्षमता रहेको छ । वाई२०एस मा ८ एमपी सेल्फी क्यामेरा र १३ एमपी ट्रिपल रियर क्यामेरा समावेश छ । यसमा आँखाको आरामका लागि आई प्रोटेक्सन मोड पनि रहेको छ । फोनलाई उत्कृष्ट फोटोग्राफी प्रकार्यहरूसँग सुन्दर ढंगले डिजाइन गरिएको छ जसले कुनै पनि समय, जहाँसुकै पनि निर्वाध प्रदर्शन गर्न अनुमति दिन्छ । यसको मूल्य रु. २३,४९९ रहेको छ । गुणस्तर र स्टाइलको प्रतीक यो स्मार्टफोन तपाईंको प्रियजनका लागि उत्कृष्ट उपहार हुन सक्छ । 

३. वाई१५सी
स्पष्ट तस्बिरका लागि वाई१५सी मा १३ एमपी रियर क्यामेरा रहेको छ र ५००० एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कार्यका लागि पर्याप्त चार्ज प्रदान गर्दछ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर छ जुन स्लिम देखिन्छ र एक परिष्कृत छवि दिन्छ । यो तपाईंको प्रियजनका लागि उत्तम उपहार हुन सक्छ र यसको मूल्य रु १४,९९९ रहेको छ । 

४. वाई५३एस
वाई५३एस शक्तिशाली ब्याट्री, सुन्दर डिजाइन र शक्तिशाली मेमोरी भएको स्मार्टफोन हो । यस भ्यालेन्टाइन डेको सम्झनाहरू संगाल्नका लागि यसमा ८ जिबी र्‍याम र १२८ जिबी रोम रहेको छ । वाई५३एसमा ६४ एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ । यसमा ५००० एमएएच ब्याट्री र ३३ वाट फ्ल्यास–चार्ज रहेको छ । यसको मूल्य रु. ३०,९९९ रहेको छ । यी उत्कष्ट विकल्पहरू र स्टेकेसन जित्ने अवसरको साथ, हामी आशा गर्छौँ कि तपाईंको उत्तम भ्यालेन्टाइन डे उपहारको खोजी यहाँ समाप्त हुन्छ ।