१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २८ शनिबार १९:३०:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमको नायब प्रबन्ध निर्देशकमा वीरेन्द्र गोइतको बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २८ शनिबार १९:३०:००

नेपाल आयल निगम लिमिटेडका निर्देशक वीरेन्द्र गोइत नायब प्रबन्ध निर्देशक पदमा बढुवा भएका छन् । सबैभन्दा महत्वपूर्ण मानिने आपूर्ति तथा वितरण विभाग प्रमुख रहेका गोइतको योग्यता पुगेको झन्डै दुई वर्ष ढिला गरी बढुवा भएको हो ।

निगम प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार नायब प्रबन्ध निर्देशक पदमा बढुवाका लागि गोइतसँगै अर्का निर्देशक दीपक बरालको नाम पनि सिफारिस भएको थियो । सञ्चालक समिति बैठकले वरिष्ठताका आधारमा गोइतको बढुवा गरेको हो ।

उनी आयल निगममा २७ वर्षदेखि कार्यरत छन् । उनले केही समय प्रवक्ताको जिम्मेवारीसमेत बहन गरेका थिए । 

देशभरको इन्धन आपूर्ति र वितरणमा उनले दख्खल राख्ने गरेका छन् । गोइतले निगमको थानकोट, भैरहवा, नेपालगन्ज, विराटनगरलगायतका डिपोमा प्रमुख भएरसमेत काम गरिसकेका छन् । उनी केही वर्षअघि ‘पेट्रो केमिकल्स’ बाट सिर्जित हुने रोग (शरीरको पूरै भागमा फोका निस्कने) सँग पनि लडेका थिए ।
इन्धन आपूर्ति र वितरणमा अनुभवी भएकाले उनलाई चाँडै बजार व्यवस्था विभागको नेतृत्व दिने निगम व्यवस्थापनको तयारी छ । 

बजार व्यवस्था विभागबाट इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग समन्वय गरी आपूर्ति सृदृढ बनाउने तथा सातैवटा प्रादेशिक कार्यालय र मातहतका शाखा कार्यालयहरूबाट उपभोक्तालाई सहज रूपमा इन्धन वितरण गर्ने कामको कार्यसम्पादन हुने गरेको छ ।

निगममा यसअघि नागेन्द्र साह र करुण क्षेत्री नायब कार्यकारी निर्देशकमा कार्यरत छन् । साहले अर्थ तथा प्रशासन विभाग र क्षेत्रीले संस्थागत मामिला विभागको नेतृत्व गरिरहेका छन् ।