Skip This
एग्रिटेक प्रदर्शनी सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ २८ शनिबार
  • Monday, 10 August, 2026
२o७९ माघ २८ शनिबार १o:२o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एग्रिटेक प्रदर्शनी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २८ शनिबार १o:२o:oo

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनाको पाँँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी चितवनमा सुरु भएको छ । प्रदर्शनीको कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले उद्घाटन गरेकी हुन् ।  

उद्घाटनपछि मन्त्री साहले देशको समग्र अर्थतन्त्रको हिस्सा ओगटेको कृषिप्रधान देश नेपालमा कृषिसँग सम्बन्धित प्रदर्शनीहरूले निकै ठूलो महत्व राख्ने बताइन् । यस्ता प्रविधियुक्त प्रदर्शनीहरूले सामान्य किसानदेखि ठूलो परिमाणमा व्यावसायिक कृषिसँग काम गर्दै आएका कृषकहरूलाई परम्परागत कृषि प्रणालीबाट वैज्ञानिक कृषि प्रणालीमा लैजान महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । 

प्रदर्शनीको अवलोकन गर्दै मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री इ. वसन्त कुशवाहा, कन्सुल जनरल भारत वीरगन्जका प्रमुख नितेश कुमार, इसोचामका सहायक निर्देशक मनांक शर्मालगायतले यस्ताखाले प्रदर्शनीले वास्तविक कृषकहरूको मर्म, भावना समेट्न सक्ने भएकाले प्रदर्शनी फलदायी भएको बताएका थिए । प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ ।