मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ २६ बिहीबार १६:१९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कराँते महासंघ रौतहटको अध्यक्षमा पहाडी

Read Time : < 1 मिनेट
२०७९ माघ २६ बिहीबार १६:१९:००

नेपाल कराँते महासंघ रौतहटको अध्यक्षमा अशोक पहाडी चयन भएका छन् । उनी नेपाल सितोरियो कराँते संघ रौतहटका अध्यक्ष पनि हुन् । 

रौतहटको चन्द्रनिगाहपुरमा आज भएको विभिन्न कराँतेका स्वयंसेवक प्रशिक्षकहरूको भेलाले पहाडीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । 

भेलाले उपाध्यक्षमा भूमिलाल भोलन र विष्णुलाल श्रेष्ठ, सचिवमा अमित भोलन, सहसचिवमा कुशल बस्नेत र कोषाध्यक्षमा सानुमाया दोङलाई चयन गरेको छ । 

सदस्यहरूमा अर्जुन पहाडी, भीमबहादुर पहरी, बिबिका श्रेष्ठ, प्रतीक्षा लो र हिमांशु मगरलाई चयन गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यालय प्रमुख वीरेन्द्र ढुंगानाको रोहवरमा भएको महासंघको जिल्ला कार्य समितिले नेपाल कराँते महाँसंघको मधेस प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ ।

मधेस प्रदेश प्रतिनिधिमा अशोक पहाडी, विष्णुलाल श्रेष्ठ, भीमबहादुर पहरी र सानुमाया दोङलाई पठाउने निर्णय भएको नेपाल कराँते महासंघ रौतहटका सहसचिव कुशल बस्नेतले जानकारी दिए ।

भेलाले संघको सल्लाहकारमा जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यालय प्रमुख वीरेन्द्र ढुंगाना, सिनियर कराँते खेलाडी रुद्र विक र बाबु लामालाई सल्लाहकारमा नियुक्त गरेको छ ।