Skip This
अमेरिकी राष्ट्रपतिद्वारा 'डेमोक्रेसी समिट'मा प्रधानमन्त्री प्रचण्डलाई निम्ता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २५ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ माघ २५ बुधबार २१:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकी राष्ट्रपतिद्वारा 'डेमोक्रेसी समिट'मा प्रधानमन्त्री प्रचण्डलाई निम्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २५ बुधबार २१:३५:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले लोकतन्त्रका लागि विश्व सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा दिएका छन्।

सम्मेलन चैत्र १५ र १६ गते भर्चुअल माध्यमबाट हुनेछ जहाँ अमेरिकाको नजरमा लोकतान्त्रिक देखिएका विभिन्न मुलुकका कार्यकारी प्रमुख सहभागी हुने ह्वाइटहाउसको वेबसाइटमा उल्लेख छ। 

नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)का प्रशासक समान्था पावरले बुधबार आयोजित पत्रकार सम्मेलनम समिट फर डेमोक्रेसीका प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा दिएको बताएकी हुन्। 

यसपटक सम्मेलनको आयोजक अमेरिका तथा कोस्टारिका, नेदरल्यान्ड, दक्षिण कोरिया र जाम्बिया रहेका छन्। अमेरिकाले तीन मुलुकलाई सहआयोजक बनाएर सम्मेलन आयोजना गर्न लागेको हो।

 युएसएडकी प्रशासक पावरले नेपालमा लोकतन्त्र सुदृढ हुँदै गएको बताइन्। अघिल्लोपटक २३ मंसिर २०७८ मा बाइडेनले पहिलोपटक आयोजना गरेको सम्मेलनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए। 

कूटनीतिक स्राेतका अनुसार प्रधानमन्त्री प्रचण्ड उक्त सम्मेलनमा सहभागी हुने भएका छन्। गत नोभेम्बरमा अमेरिकासहित चार मुलुकले चैतमा सम्मेलन गर्ने घोषणा गरेका थिए। 

‘लोकतन्त्रका लागि दोस्रो शिखर सम्मेलनले विश्व नेताहरूलाई भर्चुअल रूपमा भेला गर्नेछ,’ अमेरिकी सरकार ह्वाइटहाउसको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सम्मेलनको आयोजनाले लोकतान्त्रिक मूल्यहरूमा आधारित सुरक्षित र निष्पक्ष संसार साझा आकांक्षा र साझा जिम्मेवारी दुवै हो भन्ने सत्यलाई अझ बलियो बनाउनेछ।’

लोकतन्त्रले आफ्ना नागरिकहरूका लागि कसरी डेलिभर गर्छ र विश्वका सबैभन्दा गम्भीर चुनौतीहरूलाई कसरी सम्बोधन गर्ने भनेर प्रकाश पार्ने पनि ह्वाइटहाउसले जनाएको छ। 

गत वर्ष आयोजित पहिलो शिखर सम्मेलनमा, विश्वका करिब एक सय सरकारले लोकतन्त्रलाई अगाडि बढाउन, भ्रष्टाचारविरुद्ध लड्न र अधिनायकवादको विरुद्ध लड्न करिब ७५० प्रतिबद्धता गरेका थिए । ती प्रतिबद्धता कार्यान्वयनमा दोस्रो सम्मेलनले जोड दिने युएसएआइडीकी प्रशासकले जानकारी दिइन् ।