
बाघको आक्रमणबाट हेटौँडामा एक महिला घाइते भएकी छिन्। आज दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ रामधुनीकी मैतीदेवी बयलकोटी घाइते भएकी हुन् ।
घाँस काट्न गएको वेला उनलाई बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।बाघको आक्रमणबाट महिलाको गाला, मुख, ढाडमा चोट लागेको छ । घाइते महिलाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि हिजो वडा नम्बर १८ मा पर्ने हर्नामाडीमा बाघले दुईवटा बाख्रा खाएको थियो । हरिमाया मोक्तानको दुईवटा बाख्रा खानुअघि सोही ठाउँका राजु पहेँलीको एउटा बंगुर खानुका साथै अर्को बंगुरलाई घाइते बनाएको थियो । सो बाघ मंगलबारबाट गाउँवरपर देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् ।