१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १९:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाख्रा खाएको भोलिपल्ट महिलामाथि बाघको आक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १९:१३:oo

बाघको आक्रमणबाट हेटौँडामा एक महिला घाइते भएकी छिन्। आज दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ रामधुनीकी मैतीदेवी बयलकोटी घाइते भएकी हुन् ।

घाँस काट्न गएको वेला उनलाई बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।बाघको आक्रमणबाट महिलाको गाला, मुख, ढाडमा चोट लागेको छ । घाइते महिलाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 

यसअघि हिजो वडा नम्बर १८ मा पर्ने हर्नामाडीमा बाघले दुईवटा बाख्रा खाएको थियो । हरिमाया मोक्तानको दुईवटा बाख्रा खानुअघि सोही ठाउँका राजु पहेँलीको एउटा बंगुर खानुका साथै अर्को बंगुरलाई घाइते बनाएको थियो । सो बाघ मंगलबारबाट गाउँवरपर देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

ad
ad