Skip This
नक्कली नोटको धन्दा : हजार दरका चार लाख ३५ हजारबराबरका नक्कली नेपाली नोटसहित दुई पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ माघ २३ सोमबार
  • Saturday, 27 July, 2024
सिराहाको लहानबाट बरामद नक्कली नोट
२o७९ माघ २३ सोमबार o६:१३:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्कली नोटको धन्दा : हजार दरका चार लाख ३५ हजारबराबरका नक्कली नेपाली नोटसहित दुई पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २३ सोमबार o६:१३:oo

सिराहाको लहानबाट प्रहरीले हजार दरका चार लाख ३५ हजार नक्कली नेपाली नोटसहित दुई युवकलाई पक्राउ गरेको छ । लहान नगरपालिका– ८ स्थित पशुपति आदर्श मावि अगाडिको १ नम्बर सडकबाट नक्कली नोटसहित लहान– १९ भदैयाका ३० वर्षीय मोहम्मद ओसिन र लहान– १० का २२ वर्षीय मोहम्मद राज शेखलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाको साथबाट प्याक गरिएको अवस्थामा उक्त नक्कली रकमसहित दुई थान मोबाइल सेट, विभिन्न कम्पनीका सात थान सिमकार्ड र एक हजार ५५ रुपैयाँसमेत बरामद गरिएको सिरहा प्रहरकिा निमित्त प्रवक्ता इन्स्पेक्टर रामचन्द्र साहले जानकारी दिए । शनिबार साँझ पक्राउ गरिएका ओसिन र शेखलाई आइतबार सिरहा जिल्ला अदालतबाट खोटा (नक्कली) मुद्रासम्बन्धी कसुरमा पाँच दिनको म्याद लिइ लहान प्रहरीमा राखेर अनुसन्धान भइरहेको छ । 

घटना पहिलो होइन गत असोजमा सिरहाकै नरहा गाउँपालिका– ४ बाट हजार दरका ३१ थान नक्कली नेपाली नोटसहित भारत सितामढी भारसर चोकका २१ वर्षीय मो. रेजाउल्लाहलाई पक्राउ गरी मुद्दा चलाएको थियो । स्थानीय रामकृपाल यादवले संचालन गरेको किराना पसलमा चुरोट किन्न आएका भारतीय नागरिकले दिएको हजारको नोट नक्कली भएको आशंकामा प्रहरीलाई खबर गरेपछि तत्काल नियन्त्रणमा लिई खानतलासी गर्दा अन्य नक्कली नोटसमेत बरामद भएको थियो । 

गत कात्तिकमा पनि सशस्त्र प्रहरीले सिराहाको गोलबजार नगरपालिका– ६ स्थित बीरेन्द्र महतोको घरबाट छ लाख ८४ हजार रुपैयाँ नक्कली नोट, नक्कली नोट छाप्ने फोटोकपी मेसिन, ल्यापटपसहित तीन जनालाई पक्राउ गरेको थियो । गोलबजार– १२ का २५ वर्षीय धिरज यादव र सञ्जय यादव तथा कल्याणपुर नगरपालिका– ७ का २४ वर्षीय विमलेन्द्रकुमार नायकलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको थियो । 

हुन्डीको ८२ लाखसहित न्युरोडबाट दुईजना पक्राउ 
हुन्डीको ८२ लाख रुपैयाँसहित प्रहरीले कैलालीको धनगढी उपमहानगर– ९ का २३ वर्षीय किशोर चौधरी र गोदावरी नगरपालिका– १० का ५१ वर्षीय दीपेन्द्र मल्ललाई काठमाडौंको न्युरोडबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार उनीहरूको साथबाट स्रोत नखुलेको ७८ लाख ५० हजार रुपैयाँ र चार लाख रुपैयाँको चेक गरी ८२ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो । राष्ट्र बैंकले दिएको नियमभन्दा विपरीत कारोबार भइरहेको सूचनापछि प्रहरीले दुईजनाविरुद्ध निगरानी बढाएको थियो ।