१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार २१:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेट, सहकार्य र एकताको आधार तयार पार्ने समझदारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार २१:०२:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेता खड्गबहादुर विश्वकर्माले राजनीतिक भेटघाट गरेका छन्। नेताहरूले आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा राजनीतिक छलफल गरेका हुन्।

छलफलमा माओवादी धाराका सबै शक्तिहरू एक ठाउँमा आउनुपर्ने राष्ट्रिय आवश्यकताबारे नेताहरूबीच छलफल भएको बताइएको छ। सो क्रममा तत्काल समाजवादी शक्तिहरूबीच साझा मोर्चा र कार्यक्रम बनाएर सहकार्य गर्दै भविष्यमा एकताको आधार तयार पार्नेबारे समझदारी भएको छ।

भेटका क्रममा नेकपाका नेताहरूले अघिल्ला सरकारहरूसँग भएका सहमति कार्यान्वयनमा सरकारको धारणाबारे चासो राखेका थिए। 

सो क्रममा प्रधानमन्त्रीले विगतका सरकारले गरेका सबै सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै बन्दीहरू रिहाइका लागि सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिए।