मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १२:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खोसिएका सामान फिर्ता माग्दै फरक क्षमताका व्यक्तिद्वारा चक्काजाम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

सीमावर्ती भारतीय बजार लदनियाबाट किनेर ल्याएको किराना सामान फिर्ताको माग गर्दै सिराहाको धनगढीमाई नगरपालिका– १० जिरोमाइल खण्डमा शुक्रबार बिहान अपांगता भएका व्यक्तिहरूले पूर्व–पश्चिम सडक अवरुद्ध गरेका छन्। 

धनगढीमाई नगरपालिका– ५ निमचोकका जयनारायाण यादव र तीनकोनीका रञ्जित चौधरीले लदनिया बजारबाट किनेर ल्याएको करिब ५० हजार रुपैयाँ मूल्यको खानेतेल, पापड, चकलेट, नरिवलको तेल बिहीबार अपराह्न धनगढी बजारमा प्रहरीले खोसेपछि फिर्ताको माग गर्दै चक्काजाम गर्नुपरेको उनीहरूले बताए। 

प्रहरी ज्यादती बन्द गर, खोसिएको सामान फिर्ता गर भन्दै अपांगता भएका व्यक्तिहरूले बिहान करिब १० बजेदेखि आफू चढ्ने तीनपांग्रे स्कुटी सडकमै तेर्स्याएर चक्काजाम गरेका हुन्। 

अपांगता भएका व्यक्तिले गरेको चक्काजाम बिहान करिब ११ बजेतिर सुचारु भएको छ। धनगढी र कसहा प्रहरीले भन्सारको कागज खोजेको र त्यो नदेखाउँदा मागेको रकम दिन नसक्दा सामान खोसिएको उनीहरूको आरोप छ।

‘लदनियाबाट सामान ल्याउँदा एक दिनको भन्सार काटेपछि भोलिपल्टका लागि भन्सार कर्मचारीले थप पाँच सय रुपैयाँ लिन्छन्, तर रसिद दिँदैनन्, त्यसकै मार खेप्नुपर्‍याे,’ पीडित यादवले भने, ‘त्यही सामान बेचेर आउने मुनाफाले श्रीमती, पाँच छोराछोरी र आफूसहितको सातजनाको परिवारको हातमुख जोड्दै आएको छु,’ पीडित यादवले भने, ‘त्यत्रो लगानीको सामान प्रहरीले खोसेर हामी गरिबको पेटमा लात मार्‍याे।’

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीका अनुसार भन्सार रसिद देखाउन नसकेपछि खोसिएको सामान भन्सार दाखिला भइसकेकाले फिर्ता नहुने र आगामी दिनमा भन्सार काटेर मात्र सामान ल्याउन आग्रहसहित सम्झाइबुझाई गरेपछि अवरुद्ध सडक सुचारु भएको हो।