१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अल नासेरमा रोनाल्डोको आलोचना सुरु

विश्व फुटबलमै महँगो रकममा अनुबन्ध भएका रोनाल्डोले सोचेजस्तो सफलता दिलाउन नसकेको भन्दै आलोचना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३१:oo

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको अल नासेर क्लबसँग अनुबन्धित भएको एक महिना पनि पूरा भएको छैन । अल नासेरले फुटबल इतिहासमै सर्वाधिक महँगो रकममा रोनाल्डोलाई भित्र्याएको थियो । वर्तमान समयकै लियोनल मेसीसँगै उत्कृष्ट खेलाडी मानिने रोनाल्डोलाई अनुबन्धित गर्दैै नासेरले घरेलु फुटबलमा तहल्का मच्चाउने विश्वास लिएको थियो । रोनाल्डोसँग युरोपियन तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अनुभव छ ।

त्यही अनुभव खेलाडीले पाउने र अल नासेरले घरेलु फुटबलमा एकछत्र राज गर्ने लक्ष्य अल नासेरले राखेको थियो । तर, रोनाल्डोलाई अनुबन्ध गरेको एक महिनाभित्रै क्लबले नराम्रो नतिजा हात पारेको छ । गत साता सुपर किंग्समा अल नासेर सेमिफाइनलबाटै बाहिरिएको थियो । प्रतिस्पर्धामा अल नासेर अल इतिहादसँग ३–१ ले पराजित भयो । 

प्रतिस्पर्धामा रोनाल्डोले सहज गोल अवसर गुमाएका थिए । सोचेजस्तो सफलता दिलाउन नसकेको जनाउँदै क्लब तथा समर्थकले रोनाल्डोको आलोचना सुरु गरिसकेका छन् । क्लबले महँगो रकम खर्चेका खेलाडीले सिजनकै पहिलो उपाधि दिलाउन चुकेको जनाएको छ । क्लबका निर्देशकले बेकारमा थुप्रो रकम खर्चेको बताएका छन् । यसैगरी, अल नासेरका समर्थकले रोनाल्डोको जर्सीमा स्टम्पिङ गरेको भिडियो बनाएका छन् । अल नासेरका प्रशिक्षक रुडी गार्सियाले पनि रोनाल्डोले आफ्नो टोलीका लागि सुपर कपको उपाधि जित्ने महत्वपूर्ण मौका गुमाएको बताए ।

ad
ad