
ललितपुरको सातदोबाटोनजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा परी दुवै सवारीसाधनमा सवार ६ यात्रु घाइते भएका ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।
कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा.२ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा.४च १ नम्बरको कार ठोक्किँदा घाइते भएका यात्रुको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।